| बीमा समिति भनेको के हो ? |
|
बीमा क्षेत्रलाई बिकसित, ब्यवस्थित, नियमित तथा नियन्त्रित गर्नका लागि बीमा ऐन २०४९ अनुसार स्थापित नेपाल सरकारको यौटा कार्यान्वय इकाई नै बीमा समिति हो, जो एक स्वायत्त संस्था हो ।
|
|
| |
| बीमा समिति के काम गर्छ ? |
| यसले बीमा कम्पनी, बीमा सर्भेयर र बीमा एजेण्टको लाइसेन्स जारी गर्ने, नबीकरण गर्ने, रद्ध गर्ने तथा तिनीहरुलाई नियमन गर्ने गर्छ । यसले नेपाल सरकारलाई बीमा सम्बन्धि सल्लाह दिने काम गर्छ । |
|
| |
| बीमा समिति कहाँ छ ? |
| यो गोपीकृष्ण नगर, चाबहिल, काठमाडौंमा छ । |
|
| |
| बीमा समितिको तालुक मन्त्रालय कुन हो? |
| अर्थ मन्त्रालय |
|
| |
| बीमा समिति कहिले स्थापना भएको हो ? |
| बि सं २०२५ मा |
|
| |
| जीबन बीमा भनेको के हो ? |
| जिबन बिमा भनेको कुनै व्यक्तिको जिबन सम्बन्धमा निजको आयुको आधारमा किस्ताबंधी बुझाउने गरि कुनै खास रकम तिरेमा निजले वा निजको मृत्यु भएको अबस्थामा निजको हकवालाले कुनै खास रकम पाउने गरि गरिने करार सम्बन्धि ब्यबसाय सम्झनु पर्छ| |
|
| |
| निर्जीबन बीमा भनेको के हो ? |
| निर्जीबन बीमा भनेको जिबन बिमा ब्यबसाय बाहेक अन्य बिमा ब्यबसाय बुझिन्छ | |
|
| |
| नेपालमा कतिवटा बीमा कम्पनीहरु छन् ? |
|
नेपालमा जम्मा २५ वटा बीमा कम्पनीहरु छन् ।
८ जिबन बिमा कम्पनी
१६ निर्जिबन बिमा कम्पनी
१ जिबन र निर्जिबन बिमा कम्पनी
|
|
| |
| बीमा तथा बीमा ब्यवसाय सम्बन्धि तथ्यांक कस्ले सर्बसाधरणलाई उपलब्ध गराँउछ ? |
| बीमा समिति |
|
| |
| बीमा अभिकर्ता भनेको के हो ? |
| बीमा कम्पनीको तर्फबाट काम गर्ने अभिकर्ता हो । |
|
| |
| बीमा सर्भेयर भनेको के हो ? |
| बीमा गरिएको कारणले कुनै क्षति भएमा सो को मूल्यांकनकर्ता हो । |
|
| |
| बीमांकी भनेको को हो ? |
| बीमांकीय बिज्ञानमा स्नातक गरेको ब्यक्ति हो । |
|
| |
| बीमांकीय बिज्ञान भनेको के हो ? |
| दायित्व मूल्यांकन सम्बन्धि उच्च प्राबिधिक तथा ब्याबसायिक बिषय |
|
| |
| दाबी मूल्यांकनकर्ताहरु को हुन् ? |
| बीमा गरिएको कारणले भएको क्षेतिको मूल्यांकनकर्ता |
|
| |
| बीमकले दाबी बापतको रकम नतिरेमा कहाँ उजुरी गर्ने ? |
| बीमा समितिमा |
|
| |
| बीमा कम्पनीलाई गलत दाबी गरी भुक्तानी माग्न खोजिएको लागेमा कहाँ उजुरी गर्ने ? |
| बीमा समितिमा |
|
| |